प्याब्सन स्पोर्टस मिट: बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न
पाेखरा | मंसिर २९, २०७९
पोखरा: पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिएकी छन् ।
भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताइन् । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै विजेता विद्यालयहरुलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

